२६ आश्विन २०८३, सोमबार

नवरात्रिको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा–आराधना गरिँदै


काठमाडौं। बडादसैँअन्तर्गत नवरात्रिको दोस्रो दिन आज माता ब्रह्मचारिणी देवीको पूजा–आराधना गरि मनाइदै छ।

नवदुर्गाका नौ स्वरूपमध्ये माता ब्रह्मचारिणी दोस्रो स्वरूपका रूपमा पूजिनुहुन्छ। धार्मिक मान्यताअनुसार उहाँ तपस्या, त्याग, संयम, साधना र भक्तिकी प्रतीक हुनुहुन्छ।

नवरात्रिको दोस्रो दिन भक्तजनले बिहानै स्नान गरी घरका पूजाकोठा तथा देवी मन्दिरहरूमा पूजा–आराधना गर्ने परम्परा छ। यस अवसरमा माता ब्रह्मचारिणीसँग सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गरिन्छ।

धार्मिक विश्वासअनुसार माता ब्रह्मचारिणीको आराधनाले धैर्य, आत्मबल र कठिन परिस्थितिको सामना गर्ने शक्ति प्राप्त हुन्छ।

नवरात्रिका नौ दिनसम्म दुर्गा भवानीका विभिन्न स्वरूपको पूजा गरिन्छ। दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको नवरात्रिमा देशभरका शक्तिपीठ र देवी मन्दिरहरूमा भक्तजनको चहलपहल रहने गर्छ।

जय माता दी!

— जुनेली प्रेस


प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?