- काठमाण्डौ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाउँदै केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत भएको छ।
सरकारको उक्त निर्णयपछि कांग्रेसले पार्टीको आधिकारिक धारणा तय गर्न पदाधिकारी बैठक बोलाएको हो। बैठकमा आईजीपी परिवर्तनको निर्णय, सरकारको कदम र त्यसले प्रहरी संगठनमा पार्न सक्ने प्रभावबारे छलफल हुने बताइएको छ।
सरकारको निर्णयलाई लिएर राजनीतिक वृत्तमा समेत चासो बढेको छ।
प्रकाशित मिति: १९ कार्तिक २०८३, बुधबार



