काठमाण्डौ, निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ। निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको हो।
आयोगले आज नै विभिन्न राजनीतिक दलहरूसँग छलफल सुरु गर्ने भएको जनाएको छ। सो प्रयोजनका लागि राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरूलाई आज आयोगले छलफलका लागि आमन्त्रण गरेको छ।
आयोगले आज बिहान ११ः३० बजे दलका नेताहरुलाई निर्वाचन सम्बन्धि छलफलका लागि बोलाएको छ।
प्रकाशित मिति: ५ मंसिर २०८३, शुक्रबार



