७ मंसिर २०८३, आईतवार

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत जाँदै , राज्यमन्त्रीले स्वागत गर्ने


काठमाण्डौ,बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्दै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत जान लागेका शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको छ।

 

प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत आज दिउँसो ३:४५ बजे नयाँ दिल्ली पुग्नेछन्। विमानस्थलमा स्वागतपछि उनी सिधै होटल ताजमहल जाने कार्यक्रम छ।

 

भ्रमणका क्रममा आज साँझ भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्। त्यस्तै, सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

 

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग समेत शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

 

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्च सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी हुनेछन्।

 

प्रधानमन्त्री शाह मंसिर ७ गते अपराह्न ४:५० बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ।

 

— जुनेली मिडिया


प्रकाशित मिति: ७ मंसिर २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?