नवलपुर । काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको हाइलक्स गाडी नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विनयी खोला पुलनजिक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ निवासी ३६ वर्षीया दीपिका तिमिल्सिनाको मृत्यु भएको हो।
दुर्घटनामा उनका श्रीमान् ३७ वर्षीय गणेश तिमिल्सिना गम्भीर घाइते भएका छन्। उनीहरूका १५ वर्षीया छोरी र १२ वर्षीय छोरा पनि घाइते भएका छन्।
बा.प्र.०१–००३० च ८१६७ नम्बरको हाइलक्स गाडी सडकबाट करिब १५ देखि २० मिटर तल खसेर दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
गम्भीर घाइते गणेशलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको जनाइएको छ। अन्य घाइतेहरूको उपचार भइरहेको छ।
जुनेली प्रेस
प्रकाशित मिति: १ मंसिर २०८३, सोमबार



