८ मंसिर २०८३, सोमबार

खगेन्द्र सुनारको दाबी : ‘मविरुद्ध एआई प्रयोग गरेर गलत प्रचार गरियो


असोज २७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै कृत्रिम बौद्धिकता (एआई) लगायत प्रविधिको प्रयोग गरी आफ्नो छवि बिगार्ने प्रयास भएको दाबी गरेका छन्।

 

एक महिलालाई धम्की दिएको तथा ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि भिडियो सन्देश जारी गर्दै सुनारले उक्त आरोपहरू निराधार रहेको बताएका हुन्।

 

उनले भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण आफूले घृणा र प्रताडना सामना गर्नुपरेको जिकिर गरेका छन्। आफूमाथि उठेका प्रश्न र आरोपहरूको निष्पक्ष छानबिन गर्न आग्रह गर्दै उनले सार्वजनिक भएका सामग्रीका आधारमा हतारमा निष्कर्ष ननिकाल्न नागरिकलाई अपिल गरेका छन्।

L


प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?