सशस्त्र प्रहरी नायब निरीक्षक हंसराज रोकायाको निधन भएको छ।
प्रहरी बल, ५० नम्बर गुल्ममा कार्यरत रोकायालाई चिकित्सकले आज साँझ ६ : ४० बजे मृत घोषणा गरेका हुन्।
उनी केही दिन अघि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए। अत्यधिक मदिरा सेवनका कारण उनको कलेजो र मिर्गौलामा गम्भीर समस्या देखिएको थियो ।
प्रकाशित मिति: २१ कार्तिक २०८३, शुक्रबार



