८ मंसिर २०८३, सोमबार

विकास हाइड्रोपावरको साधारणसभा असोज २९ गते, १० प्रतिशत बोनस सेयर प्रस्ताव


काठमाण्डौ । विकास हाइड्रोपावर कम्पनीले पाँचौँ वार्षिक साधारणसभा असोज २९ गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबारमा साधारणसभा गर्ने निर्णय गरेको हो।

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ। उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि मात्रै वितरण प्रक्रिया अघि बढ्नेछ।

त्यसैगरी, सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण स्वीकृत गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पेस गरिने कम्पनीले जनाएको छ।

साधारणसभाबाट प्रस्तावहरू पारित भएमा सेयरधनीले प्रस्तावित बोनस सेयर तथा नगद लाभांश प्राप्त गर्नेछन्।


प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?