८ मंसिर २०८३, सोमबार

लुम्बिनी लायन्सको विजयी सुरुवात, सुदूरपश्चिम रोयल्स ७ विकेटले पराजित


। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले दीपेन्द्रसिंह ऐरीको बलमा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए। जितका लागि अन्तिम क्षणमा चौका प्रहार गरेका रोहित ५ रनमा अविजित रहे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७.२ ओभरमा ८७ रनमा समेटिएको थियो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए।

लुम्बिनीका किशोर महतोले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट झारे। उत्कृष्ट बलिङ गरेका किशोर महतो खेलको प्लेयर अफ द म्याच घोषित भए।

गत संस्करणको विजेता लुम्बिनीले नयाँ सिजनको पहिलो खेलमै जित निकाल्दै उपाधि रक्षा अभियानमा सुखद सुरुवात गरेको छ। <escape>


प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?