९ मंसिर २०८३, मंगलवार

बालेन्द्रको भारत भ्रमणबारे गोकुल बास्कोटाको टिप्पणी : प्लाइउड र चिया निर्यात ओझेलमा परेको आरोप


नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका उपलब्धिमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले भ्रमणका क्रममा प्लाइउड र चिया निर्यातको विषयले प्राथमिकता नपाएको टिप्पणी गरेका छन्। त्यस्तै, नेपाल–भारत सीमा विवादको मुद्दासमेत भ्रमणको प्राथमिकतामा नपरेको उनको भनाइ छ।

बास्कोटाले भ्रमणका उपलब्धिमाथि व्यङ्ग्य गर्दै लेखेका छन्, ‘प्लाइउड र चिया निर्यात त छायामा परेछन्। सीमा विवाद त संसद्‍मै बिर्को लगाएर राखेछन्। ब्याज पाएपछि ऋण जुन साहुले पनि दिन्छ। भिजन पत्र त भैँसी बेचेको रकम उठाउने माघे भाका जस्तै हो।’

यद्यपि, प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा हवाई रुटसम्बन्धी सम्झौता हुनु सकारात्मक पक्ष रहेको बास्कोटाले बताएका छन्।

‘हवाई रुट सम्झौता राम्रो भयो। विज्ञहरूले केस्रा–केस्रा केलाउनुपर्ने हो–हेरौँ,’ उनले लेखेका छन्।


प्रकाशित मिति: ९ मंसिर २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?