८ मंसिर २०८३, सोमबार

बिल लिने उपभोक्ता र जारी गर्ने व्यवसायी दुवैले उपहार पाउने


काठमाण्डौ, करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई पनि पुरस्कृत गर्ने व्यवस्था गरेको छ।

अर्थ मन्त्रालयले कर प्रणालीलाई प्रभावकारी बनाउँदै उपभोक्ता र व्यवसायी दुवैलाई करको दायरामा सहभागी गराउने उद्देश्यले यस्तो कार्यक्रम ल्याएको हो।

मन्त्रालयले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन र बिक्री गर्दा बिल उपलब्ध गराउन सबैमा आग्रह गरेको छ। यस व्यवस्थाले बिल नलिने उपभोक्ता र बिल नदिने व्यवसायी दुवैलाई नियमित कारोबारमा बिल प्रयोग गर्न प्रोत्साहित गर्ने सरकारको अपेक्षा छ।

मन्त्रालयले जारी गरेको सूचनामा खरिद बिल प्राप्त गर्ने उपभोक्ता र बिल जारी गर्ने व्यवसायी दुवैले उपहार पाउने उल्लेख छ।

‘हाम्रो कर, हाम्रै बजेट, हाम्रो भविष्य’ भन्ने नारासहित मन्त्रालयले कर प्रणालीलाई पारदर्शी बनाउन बिल लिने र दिने संस्कार विकास गर्न सबैलाई अनुरोध गरेको छ।


प्रकाशित मिति: २३ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?