८ मंसिर २०८३, सोमबार

ओलीको पतन अरिंगालले गराए, बालेनको पतन साइबर सेनाले गराउँदैछन: हर्क साम्पाङ


काठमाण्डौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजनीतिक भविष्यबारे व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

 

साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पतन उनकै समर्थक ‘अरिंगाल’का कारण भएको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्री बालेनको पतन पनि उनकै समर्थक ‘साइबर सेना’ले गराउन सक्ने टिप्पणी गरेका हुन्।

 

उनले लेखेका छन्,

 

‘केपी ओलीको पतन उन्कै अरिंगालहरुले गराए ! बालेनको पतन पनि उन्कै साइबरसेनाले गराउँदैछन् ! आफुले बोकेको नेताले टाउकैमा छेरिदिंदा पनि प्रसाद सम्झनेहरुले उन्को पतन गराउनेछन् !’

 

साम्पाङको उक्त अभिव्यक्तिलाई प्रधानमन्त्री बालेनका समर्थक र सामाजिक सञ्जालमा सक्रिय समूहप्रति लक्षित राजनीतिक व्यङ्ग्यका रूपमा हेरिएको छ।


प्रकाशित मिति: २४ कार्तिक २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?