८ मंसिर २०८३, सोमबार

रास्वपा सुदूरपश्चिमकी प्रभावशाली नेत्री गिरीले गरिन पार्टी परित्याग


रास्वपाले जनतालाई आशा देखाएर भ्रम छर्‍यो : नर्पता गिर

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा महाधिवेशन प्रतिनिधि नर्पता गिरीले पार्टी परित्याग गरेकी छन्। पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा गरेकी हुन्।

कञ्चनपुर घर भएकी गिरीले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वले जनतालाई परिवर्तनको आशा देखाए पनि व्यवहारमा भ्रममा राख्ने काम गरेको आरोप लगाएकी छन्।

 

नेतृत्वले जनताको विश्वास कायम राख्न नसकेको र पार्टीभित्र कुरा धेरै तर काम कम भएको उनको टिप्पणी छ। अब आफू स्वतन्त्र नागरिकका रूपमा रहेर देशका लागि योगदान गर्ने पनि उनले बताएकी छन्।


प्रकाशित मिति: २ मंसिर २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?