८ मंसिर २०८३, सोमबार

सुमना श्रेष्ठले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा


काठमाण्डौ, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

 

उनले सामाजिक सञ्जालमार्फत आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन्।

 

उनको यो घोषणासँगै आगामी काठमाडौं महानगरको निर्वाचनमा नयाँ राजनीतिक प्रतिस्पर्धाको चर्चा सुरु भएको छ।

 

काठमाडौंको नेतृत्वका लागि सुमना श्रेष्ठको नयाँ राजनीतिक यात्रा!


प्रकाशित मिति: ३ मंसिर २०८३, बुधबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?