९ मंसिर २०८३, मंगलवार

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, २५औँ सत्याग्रह अन्त्य


काठमाण्डौ, सरकार र अनसनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ। सहमतिपछि डा. केसीले शनिबार राति आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्।

 

लामो छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार राति त्रिवि शिक्षण अस्पताल पुगेर सहमतिपत्रमा हस्ताक्षर गर्दै डा. केसीको अनसन तोडाएका हुन्।

अनसन अन्त्य भएपछि मन्त्री पोखरेलले यो डा. केसीको अन्तिम सत्याग्रह हुने दाबी गरेका छन्। सहमतिअनुसार सरकारले प्रतिबद्धता कार्यान्वयनको प्रक्रिया अघि बढाउने उनले बताए।

 

सहमति पत्रमा डा. केसी, शिक्षामन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।


प्रकाशित मिति: २२ कार्तिक २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?